अक्कल कुँवरकाठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति प्रतिनिधिसभा विघटन गरेसँगै मुलुकको राजनीति पुनः अनिश्चियतर्फ धकेलिएको छ । प्रतिनिधिसभाले प्रधानमन्त्री दिन नसकेको भन्दै राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरे पनि विपक्षी दलहरू भने त्यो मान्न तयार छैनन् । विपक्षी गठबन्धले कोरोना महामारीका बीच प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ…