काठमाडौं । गण्डकी प्रदेशसभाको आठौं अधिवेशनको चालु बैठकमा प्रदेशसभाको लोगोबाट चुच्चे नक्सा हटाइएको छ । नक्सा प्रयोगका लागि संविधान संशोधन गरिएको एक वर्ष बिते पनि गण्डकी प्रदेशसभामा भने अझै पनि चुच्चे नक्सा प्रयोग गरिएको छैन । गतवर्ष जेठ ७ गते सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा सार्वजनिक गर्दै जेठ ३१ गते संविधान संशोधन…