कांग्रेस अधिवेशन निष्पक्ष भएन : अर्जुननरसिंह केसी « Image Khabar


कांग्रेस अधिवेशन निष्पक्ष भएन : अर्जुननरसिंह केसी


Border circle
Imagekhabar

चितवन, असोज १२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिँह केसीले पार्टीको गाउँ नगर अधिवेशन निष्पक्ष हुन नसकेको बताउनुभएको छ ।

प्रेस युनियन चितवनले मंगलबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता केसीले गिरोह लगाएर पार्टी कब्जा गर्न खोजीएको भन्दै संस्थापन पक्षप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले पार्टी विधि र पद्धतीभन्दा व्यक्तिबाट संचालन गर्न खाजेको आरोप लगाउनुभयो । नेता केसीले तोकिएको मितिमा निष्पक्ष निर्वाचन गराउन पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।

विवादीत ठाउँमा अधिवेशन स्थगित गर्ने र रातारात क्रियाशील सदस्य थपेर चुनाव जित्ने पद्धतीले अहिलेको अधिवेशन निष्पक्ष नभएको उहाँको भनाई थियो । केही महिना अघि मात्रै क्रियाशील सदस्य लिएको व्यक्ति नेतृत्वमा आएको तर पार्टीमा वर्षौँ योगदान दिएकाहरु पछि परेको उहाँको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्