काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरू ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताउनुभएको छ । शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरू अल्मल्लिएर एमालेमै बसेको भन्दै असल भावना भएकाहरू ढिलोचाँडो एकीकृत समाजवादीमा आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्रान्तिकारीहरू, परिवर्तनकारीहरू,…