काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको छ । बुटवलमा एमाले कार्यकर्ता भेलामा बोल्दै ओलीले केही महिना सरकारबाहिर रहे पनि आगामी चुनावपछि जनताको व्यापक समर्थनसहित सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो । उहाँले अहिले प्रतिपक्षमा बस्नुपर्दा आफूलाई कुनै दुःख नलागेको बताउनुभयो । ‘प्रतिपक्षमा बस्नुपर्दा हामीलाई कुनै दुःख…