शिक्षाविना मुस्लिम समुदायको विकास सम्भव छैन : मुख्यमन्त्री राउत « Image Khabar


शिक्षाविना मुस्लिम समुदायको विकास सम्भव छैन : मुख्यमन्त्री राउत


0
Shares

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाविना मुस्लिम समुदायको विकास सम्भव नरहेको बताउनुभएको छ ।

मुस्लिम आयोगले शनिबार जनकपुरधाममा गरेको कार्यक्रममा राउतले मुस्लिम समुदायको शिक्षामा पहुँच नभएकाले शिक्षाको मूल धारबाट बाहिर रहेको बताउनुभयो ।

मदरशा शिक्षालाई राज्यले मान्यता दिनुपर्ने भन्दै उहाँले मदरशा शिक्षासँगै आधुनिक शिक्षासँग बालबालिकालाई जोड्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले मदरशा शिक्षा बोर्ड गठनको लागि विधेयक सदनमा पेश गरिसकेको राउतले बताउनुभयो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मदरशा शिक्षालाई संस्थागत रूपमा व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभयो ।

मुस्लिम समुदायको बारेमा सरकारले कुनै अध्ययन नगरेको भन्दै कानुनी र नीतिगत समस्या समाधान गर्न सरकारले चासो देखाउनुपर्ने उहाँले बताउनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सत्रुधन महतो, प्रदेश सभा सदस्य अशोक यादव, जयनुल राइन, दिलिप साह, सुरिता साह सहितका वक्ताहरुले मुस्लिम समुदायको हक अधिकार बारे आ–आफनो धारणा राख्नु भएको थियो ।