Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


एमाले स्थायी कमिटी, पोलिट ब्यूरो र केन्द्रीय कमिटीलाई पूर्णता


13
Shares

काठमाडौं, मंसिर २६ । नेकपा एमालेले स्थायी कमिटी, पोलिट ब्यूरो र केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

भक्तपुरमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १९ पदाधिकारीसहित २६ जना थपेर ४५ सदस्यीय स्थायी कमिटीको प्रस्ताव गर्नु भएको थियो ।

स्थायी कमिटी सदस्यहरुमा घनश्याम भुसाल,गुरु बराल, देवराज घिमिरे, भीमप्रसाद आचार्य,लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशिनाथ अधिकारी, रघुजी पन्त रहेका छन् ।

त्यसैगरी भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थाममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की पनि स्थायी कमिटीमा परेका छन् ।

पूर्व माओवादीतर्फबाट मणिचन्द्र थापा र प्रभु साह पनि स्थायी कमिटीमा समेटिएका छन् । बैठकले ९९ सदस्यीय पोलिटब्यूरो कमिटी गठन गरेको छ । जसमा १९ पदाधिकारीसहित अन्य ८० नेता समेटिएका छन् ।

पोलिटब्युरोमा रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, एमलाल कँडेल, अग्नि खरेल, राजन भट्टराई, बिन्दा पाण्डे, गोरख बोगटी, राजेन्द्र गौतम, रामनाथ थापा, शेरबहादुर तामाङ, शिवमाया तुङ्बाहाम्फे, हिक्मत कार्की, गोकुल बास्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, खिमलाल भट्टराई लगाएतका नेताहरु छन् । अध्यक्ष ओलीले झापाका दुर्गा प्रसाईँसहित ४४ जना सदस्यलाई मनोनित गर्दै केन्द्रीय कमिटीलाई पूर्णता दिनु भएको छ ।

यता केही पदाधिकारीले भने पार्टीमा छलफल नै नगरि अध्यक्ष ओलीले विभिन्न कमिटीहरुमा नाम प्रस्ताव गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मापदण्डविनै सदस्यहरु चयन गर्दा क्षमतावान व्यक्तिहरु कमिटीमा आउन नसकेको गुनासो गरेका थिए ।

अध्यक्षमा पराजित भीम रावललाई कुनै पनि कमिटीमा मनोनयन गरिएको छैन । सचिव योगेश भट्टराईले बैठकमा रावललाई स्थायी कमिटीमा मनोनित गर्नु पर्ने बताउनु भएको थियो ।

Skip This