काठमाडौं, असोज ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नेपालकै भ्रष्ट र जाली नेता भएको आरोप लगाउनुभएको छ । माओवादी पार्टी कार्यालय कोटेश्वरमा गरिएको सूर्यनाथ राम यादवको स्मृति दिवस कार्यक्रममा ओलीविरुद्ध खनिनुभएका दाहालले एमालेका नेता घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण बिष्टलगायत दश जना नेताले आत्मसमर्पण गरेको टिप्पणी पनि गर्नुभयो…