प्रकाशमानको समर्थन देउवालाई, दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि « Image Khabar


प्रकाशमानको समर्थन देउवालाई, दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि


611
Shares


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने हुनुभएको छ ।

पहिलो चरणमा सभापतिका उम्मेदवार देउवा,सिंह,विमलेन्द्र निधि र कल्याण गुरुङले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा सभापतिका लागि निर्वाचन हुन लागेको हो ।कसैको पनि बहुमत नआएपछि देउवा सिंहसँग भेटवार्ताका लागि सिंहको निवास चाक्सीबारी पुग्नु भएको थियो । देउवासँगको भेटवार्तापछि सिंहले आफूले देउवालाई सघाउने बताउनु भएको हो।

देउवाले पार्टीमा सुधार र कार्यशैली परिवर्तन गर्ने आश्वाशन दिएकाले सिंहले देउवालाई सघाउने निर्णय गर्नुभएको सिंह निकट एक नेताले इमेजखबरलाई जानकारी दिए । दोस्रो चरणको निर्वाचन आजै दिउँसो साँढे ३ वजेदेखि हुने भएको छ ।