सर्लाही । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सबै प्रकारका भ्रष्टाचारको छानविन हुनुपर्ने बताउनुभएको छ । जिल्लाको ईश्वरपुर–४ सागरनाथ खाल्टे बजारमा नेपाली कांग्रेस सर्लाही क्षेत्र १ को धन्यवाद ज्ञापन एवं पदस्थापन समारोहमा सम्बोधन गर्दै उपसभापति गुरुङले कांग्रेस नेतृत्वको सरकारले सबै प्रकारको भ्रष्टाचार छानविन गर्नुपर्ने बताउनुभयो । भ्रष्टाचारको मुद्दा जात, धर्म र मुख हेरेर चलाउन नहुने उहाँको…