काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्षकमल दाहाल 'प्रचण्ड' र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डमा कोरोना पोजिटिभ देखिएको जनाएको छ । सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि उहाँको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहनुभएको छ…