इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसमा रुपान्तरणको सुरुवात भएको बताउनुभएको छ । बिहिबार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उहाँले कांग्रेस नेतृत्वमा युवाहरूको आगमनले रूपान्तर सुरु भएको बनाउनुभयो । शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभइ लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताउनुभयो । उहाँले यो…