काठमाडौं । नेपाल भ्रमणमा रहेका बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) महासचिव तेन्जिन लेक्फिलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा बिमस्टेक सदस्यको रुपमा नेपालले आगामी कोलम्बो सम्मेलनमा खेल्नुपर्ने भूमिकाबारे चर्चा भएको जनाइएको छ । महासचिव लेक्फिलले मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र सार्क महासचिवलाई पनि…