Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


देश बेरोजगार उत्पादन गर्ने कारखाना भयो : राजेन्द्र लिङ्देन


169
Shares

नवलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश पूर्ण रूपमा बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उहाँले तीन करोड नपुगेको देशका पचासौं लाख युवा विदेश गएको कारण नेताहरूले देशलाई बेरोजगार उत्पादन गराउने कारखाना बनाएको आरोप लगाउनुभएको हो ।

देशका लागि योग्य युवाहरू विदेश गएकोले देशको विकास हुन नसकेको उहाँको तर्क छ । उहाँले देश असफल राष्ट्रको बाटोमा लागेको कारण कुनै पनि क्षेत्र खुशी नभएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले अब जनताले चासो र विवेक पुर्याउन नसके देश अझै खतरामा जाने संकेत गर्नुभयो । देश बचाउन नयाँ सोच र बिचार आवश्यक रहेको बताउनुभयो ।