काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैछ । संघीय संरचनाअनुसार कांग्रेसले पहिलो पटक प्रादेशिक अधिवेशन गरेको हो । प्रदेश अधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्रीको निर्वाचन गर्नेछ । मतदाता र प्रदेश कार्यसमिति प्रदेशअनुसार फरक हुनेछ । प्रदेश अधिवेशनमा…