Logo २४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025


कम्युनिष्ट पार्टी बीचको लडाइँमा कांग्रेस सहभागी हुनुहुँदैन : डा. मिनेन्द्र रिजाल


390
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट पार्टी बीचको लडाइँमा कांग्रेस सहभागी बन्न नहुने बताउनुभएको छ ।

बुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै नेता रिजालले नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जान नहुने बताउनुभयो ।

नेता रिजालले स्थानीय निर्वाचनमा राम्रो परिणाम आएको खण्डमा पुनः कम्युनिष्ट पाटीहरू एकजुट भएर आफ्नो सरकार बनाउने भन्दै उहाँले कांग्रेसले गठबन्धन नगरी स्थानीय निर्वाचनमा भाग लिएको खण्डमा देश दुर्घटनाबाट जोगिने जिकीर गर्नुभयो ।

नेता रिजालले एक्लाएक्लै निर्वाचनमा जाँदा कांग्रेसलाई केही सिट कमी आए पनि देशको भलो हुने बताउनुभयो ।

उहाँले स्थानीय निर्वाचनमा माओवादीले धेरै सिट ल्याएको खण्डमा नेकपा एमाले र नेकपा एमालेले धेरै सिट ल्याएको खण्डमा नेकपा माओवादी केन्द्र एक अर्कालाई प्रधानमन्त्रीको प्रस्ताव लिएर जानसक्ने आशंका व्यक्त गर्नुभयो ।

नेता रिजालले नेपाली कांग्रेसले नेपालको राजनीतिमा एकातिर कम्युनिष्ट आन्दोलनको लडाइँ र अर्कोतिर कम्युनिष्ट बोकेर कहिलेसम्म हिँड्ने भन्दै प्रश्न गर्नुभयो ।