Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


एकीकृत समाजवादीलाई हेटौंडा उपमहानगर दिन केन्द्र सहमति भएको भन्दै कांग्रेसको विरोध


455
Shares

हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले हेटौंडाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिन केन्द्रमा सहमति भएपछि विरोध जनाएको छ ।

बुधबार पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे १९ वटै वडाका सभापतिहरुको निर्णयअनुसार सत्ता साझेदार गठबन्धन दलहरुसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा एकल उम्मेदवार खडा गर्ने चेतावनी दिएको हो ।

नगर सभापति उत्सव इटेनीले सत्तारुढ गठबन्धनले गरेको निर्णय स्वीकार्य नभएको र आफूहरुसँग केन्द्रले छलफल नै नगरेको गुनासो गर्नुभयो ।

उहाँले केन्द्रको निर्णय परिवर्तन नभए विद्रोह गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।