काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा केन्द्रीत रहेर आन्तरिक छलफल सुरु गरेको छ । बुधबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा स्थानीय तह निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित हुने गरी छलफल सुरु भएको हो । स्थानीय तह निर्वाचनलाई मुख्य एजेन्डा बनाएर बैठकमा राजनीतिक प्रतिवेदन पेश गरिएको र सोही…