कैलालीको बर्दगोरियाको अध्यक्षमा एमालेका कुँवर विजयी « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


कैलालीको बर्दगोरियाको अध्यक्षमा एमालेका कुँवर विजयी


156
Shares

बिराज रोस्यारा

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का कर्ण कुँवर विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई एक हजार ६५६ मतान्तरले पराजित गरी उनी अध्यक्षमा विजयी भएका हुन ।विजयी कुँवरले पाँच हजार ४८२ र पराजित भएका कठरियाले चार हजार १८६ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गणेशराज गिरी चार हजार ५६९ मत प्राप्त गरेर विजयी भए ।उनले नेकपा (एमाले) का उम्मेदवार इन्दु कठरियालाई ३१४ मतान्तरले पराजित गरे ।