सर्लाहीको बरहथवा–१७ श्रीपुरमा आज पुनः मतदान « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


सर्लाहीको बरहथवा–१७ श्रीपुरमा आज पुनः मतदान


143
Shares

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा आज मंगलबार पुनः मतदान सुरु भएको छ ।

निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय अनुसार आज बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।

सो मतदान केन्द्रमा जनता समाजवादी पार्टी पक्षले आफू पक्षीय मतदातालाई गत वैशाख ३० गते शुक्रबार बिहानै मतदान गराएपछि मध्यान्हबाट भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको आरोप सहित नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारले पुनः मतदानको माग गर्दै उजुरी दिएपछि आयोगले मंगलबार पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

वडा नं. १७ को आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा जम्मा एक हजार ९५४ मतदाता भएपनि त्यहाँ शुक्रबार साँझसम्म ३७२ मत मात्र खसेको थियो ।