काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत मत परिणाम आइसकेको जनाएको छ । आयोगले बिहीबार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत स्थानीय तहको मत परिणाम आइसकेको बताउनुभयो । उहाँले हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम आइसकेको जानकारी दिनुभयो । जसमध्ये प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा…