काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा निर्वाचित मेयर कृष्णहरी महर्जनले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मेयर महर्जनले शुक्रबार सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडाबाट पद तथा गोपनियताको सपथ लिनुभएको हो । नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित महर्जनले ११ हजार ९८८ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दीहरू…