गठबन्धन कार्यदलको बैठक बस्दै « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


गठबन्धन कार्यदलको बैठक बस्दै

प्रदेश र संघकाे निर्वाचनमा सिट बाँडफाँडकाे विषयमा छलफल हुने

104
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि सिट बाँडफाँड गर्न गठित कार्यदलको पहिलो बैठक आज (साेमबार) बस्ने भएको छ ।

बैठक दिउँसाे ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे हाे । बैठकमा कुन पार्टीबाट उठ्ने भन्ने सिट बाँडफाँड गर्न भन्ने विषयमा छलफल हुने बुझिएको छ । साथै कार्यदल बैठकमा सिट बाँडफाँडका आधार लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएकाे छ ।

सत्ता गठबन्धनले गत साउन २० मा ११ सदस्यीय कार्यदल गठन गरेकोे थियो । सोही कार्यदलले साेमबार पहिलो बैठक गर्न लागेको हो । यो कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँडकाे विषयकाे टुंगो गर्न समय दिइएको छ । कार्यदलमा नेपाली कांग्रेसबाट ३ जना सदस्य छन् भने अन्य ४ पार्टीबाट २–२ जना सदस्य रहेका छन् ।

सत्ता गठबन्धनले यसअघिकाे स्थानीय तहकाे चुनावमा पनि केन्द्र, प्रदेश र स्थानीय तहमा कार्यदल बनाएर सिट बाँडफाँड गरेकाे थियाे ।