Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


सोलुखुम्बुमा ५२ प्रतिशत जनप्रतिनिधिले अझै निर्वाचन खर्च बुझाएनन्


78
Shares

सोलुखुम्बु । सोलुखुम्बुका ५२ प्रतिशत भन्दा बढी उम्मेदवार तथा जनप्रतिनिधिहरुले निर्वाचन खर्च विवरण बुझाउन अटेर गरेका छन् ।

गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तह निर्वाचनमा कुल उम्मेदवार मध्ये ५२.५४ प्रतिशतले तोकिएको समयमा खर्च विवरण पेश नगरेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी नेत्र घिमिरेका अनुसार कुल उम्मेदवार ८ सय ७ जना मध्ये ३ सय ८३ जनाले तोकिएको समयभित्र विवरण पेश गरेका छन् भने ४ सय २४ जनाले अटेर गरेका हुन् ।

सोलुदूधकुण्ड नगरपालिकामा १ सय ८९ उम्मेदवार मध्ये ६९ जना, थुलुङ दूधकोशी गाउँपालिकामा १ सय ४४ उम्मेदवार मध्ये ८९ जना, नेचासल्यानमा ९३ उम्मेदवार मध्ये ४९ जना, सोताङमा ८० उम्मेदवार मध्ये ५० जना, महाकुलुङमा ८० उम्मेदवार मध्ये २९ जना, माप्यदूधकोशीमा ८५ उम्मेदवार मध्ये ४१ जना, खुम्बु पासाङल्हामुमा ६२ उम्मेदवार मध्ये २७ जना र लिखुपिके गाउँपालिकामा ८५ जना उम्मेदवार मध्ये २९ जनाले मात्र खर्च विवरण बुझाएका छन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ र स्थानीय तह निर्वाचन नियमावली २०७३ बमोजिम मत परिणाम घोषणा भएको ३० दिनभित्र विजयी तथा पराजित सबै उम्मेदवारले अनिवार्य रुपमा निर्वाचन खर्च पेश गर्नुपर्ने प्रावधान रहेको छ ।

निर्वाचन आयोगले गत जेष्ठ मसान्तसम्म समयसीमा तोके पनि जिल्लाका निर्वाचित तथा पराजित उम्मेदवारले खर्च विवरण बुझाउन अटेर गरेको कार्यालयले जनाएको छ । निर्वाचन खर्च विवरण पेश नगर्ने उम्मेदवारहरुकोे नाम निर्वाचन आयोगमा पठाईसकेकाे छ ।

Skip This