काठमाडौं । सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरूलाई धन्यवाद दिएको छ । बैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले…