काठमाडौं । सरकारले श्रेणीबिहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ । असार १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सकरारले कार्य निर्देशन करार निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय…