काठमाडौं । आज बिहीबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गर्नुभएको संघीय संसद् सचिवालयले जनाएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि सारिएको…