काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज मंगलबार ७१ औँ जन्मजयन्ती मनाइँदैछ । जन्मजयन्तीका अवसरमा एमाले र उसका विभिन्न भातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनुभएका भण्डारीलाई नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका नवीन विचारक एवं सिद्धान्तकार मानिन्छ । उहाँले प्रतिपादन गर्नुभएको नेपाली क्रान्तिको…