आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित


78
Shares

काठमाडौं । आज बिहीबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गर्नुभएको संघीय संसद् सचिवालयले जनाएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए ।