रौतहट । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि रौतहटमा दुर्व्यवहार भएको छ । रौतहटको गौर नगरपालिका–२ मा रहेको रामजानकी कन्या मन्दिरको मतदान केन्द्रमा मतदान गरेपछि विभिन्न मतदान केन्द्र घुम्ने क्रममा वडा नम्बर ५ स्थित गौरीशंकर यादव क्याम्पस मतदान केन्द्रमा उहाँमाथि दुर्व्यवहार भएको हो । उहाँ मतदान केन्द्रभित्र छिर्न खोजेपछि स्थानीयले नारबाजी गर्दै अवरोध…