काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको नीति तथा कार्यक्रममा सुधार देखिएको बताउनुभएको छ । मंगलबार सदनमा आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुारकानी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सुधार देखिएको बताउनुभयो । ‘अहिलेको नीति तथा कार्यक्रम १९ बाट सुधार भएर १० भएको छ,’ उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भएकाले यसमा केही…