
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ ।
संघीय संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले प्रस्तुत गरिरहनु भएको हो । सरकारले प्रत्येक वर्षको जेठ १५ गते भित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।
त्यसअघि, प्रतिनिधि सभा र राष्ट्रिय सभामा राष्ट्रपतिले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्