Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग


0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले आर्थिक सहयोग गरेको छ।

महासंघ र आबद्ध जिल्ला संघहरूले संकलन गरेको ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

सो रकम सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष तेबिन्द्र रत्न शाक्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएकाे हाे ।

महासंघले विपद्को कठिन घडीमा प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्य जारी राख्ने जनाएको छ।