राष्ट्रपति भण्डारी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसदमा « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


राष्ट्रपति भण्डारी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसदमा


130
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतका लागि संघीय संसद भवन बानेश्वर पुग्नु भएको छ ।
सरकारले आज संसदमा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रमप्रति सबैले चासोका साथ हेरेका छन् ।सरकारले जेठ १५ गते भित्र बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ ।