काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पाँचदिनभित्र तल्ला तहबाट सूचना प्राप्त गर्न सात केन्द्रीय सदस्यलाई जिम्मा दिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको पार्टीको २६औं सचिवालय बैठकले स्थानीय निर्वाचनको समीक्षाका लागि तल्ला तहबाट सूचना प्राप्त नभइसकेको निष्कर्ष निकालेर सात जना सचिवालयका सदस्यलाई पाँच दिनभित्र सूचना निकाल्न जिम्मेवारी तोकेको छ । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका…