काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको प्रधानमन्त्रीमा निर्वाचित सुनकलाई बधाई दिनुभएकाे छ । संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीका नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री सुनकलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएकाे हाे । प्रधानमन्त्री देउवाले आज मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै बधाई दिनुभएकाे हाे…