काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गर्नुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरुलाई नागरिकता लिदाँ अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले दूरदराजका दलित समुदायका व्यक्तिहरुको नाम तत्कालिन प्रशासनले विगारिदिएको भन्दै उनिहरुको नाम सच्याउन…