Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, चरणबद्ध आन्दोलनको सुरुवात


11.9k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई ज्ञापान पत्र बुझाउने भएको छ ।

हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, महङ्गी नियन्त्रण लगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दाहरूका विषयमा राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको हो ।

राप्रपाले आगामी असार १ गते ७७ जिल्ला प्रशासन कार्यालयमार्फत र काठमाडौंमा प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउँदै सशक्त र चरणबद्ध आन्दोलनको सुरुवात गर्ने निर्णय गरेको छ ।

बिहीबार धुलिखेलमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको राजनीतिक एजेन्डाको पक्षमा जनमत बनाउन तथा जनजीविकासँग सम्बन्धित विषयमा दबाव सिर्जना गर्न जनपरिचालन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको थियो ।

शुक्रबार बसेको समितिको पहिलो बैठकले विभिन्न मागहरू समावेश गरि ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो ।