स्याङ्जा । जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा गोलाप्रथाबाट श्रीप्रसाद जिटी चयन हुनुभएको छ । गोलाप्रथाबाट जिसस प्रमुख आफ्नो पोल्टामा पारेसँगै नेपाली कांग्रेस स्याङ्जाले श्रीप्रसाद जिटीलाई समन्वय प्रमुख बनाएको छ । पार्टीमा लामो समयसम्म संघर्ष गर्नुभएका उहाँको योगदानको कदर गर्दै जिल्ला समन्वयमा पठाउने निर्णय गरेको स्याङ्जा कांग्रेसले जनाएको छ । यस्तै, कांग्रेसले तीन सदस्यमा नेमबहादुर राना,…