२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


स्याङ्जा जिल्ला समन्वय समिति गोलाप्रथाबाट चयन, प्रमुखमा कांग्रेस


533
Shares

स्याङ्जा । जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा गोलाप्रथाबाट श्रीप्रसाद जिटी चयन हुनुभएको छ ।

गोलाप्रथाबाट जिसस प्रमुख आफ्नो पोल्टामा पारेसँगै नेपाली कांग्रेस स्याङ्जाले श्रीप्रसाद जिटीलाई समन्वय प्रमुख बनाएको छ ।

पार्टीमा लामो समयसम्म संघर्ष गर्नुभएका उहाँको योगदानको कदर गर्दै जिल्ला समन्वयमा पठाउने निर्णय गरेको स्याङ्जा कांग्रेसले जनाएको छ ।

यस्तै, कांग्रेसले तीन सदस्यमा नेमबहादुर राना, गीता खाण र सरस्वती बगालेलाई चयन गरेको छ । शनिबार दिउँसो गोलाप्रथाबाट गरिएको भागवण्डामा जिल्ला समन्वय समिति स्याङजाको प्रमुखसहित तीन सदस्य कांग्रेसले आफ्नो पोल्टामा पारेको हो ।

उपप्रमुख खड्कराज सुवेदीसहित चार सदस्य एमालेको भागमा परेको छ । ११ वटा स्थानीय तह रहेको स्याङ्जामा प्रमुख र उपप्रमुख २२ जनामध्ये कांग्रेस र एमालेले ११–११ सिट जितेपछि गोलाप्रथाबाट भागवण्डा गरिएको थियो ।

जिल्ला समन्वय समितिको कार्यालयमा कांग्रेसका सभापति राजु थापा र एमालेका अध्यक्ष सूर्यप्रसाद गैह्रेले गोला तान्दा सो नतिजा आएको हो ।