कृषकहरुलाई मल उपलब्ध गराउन सभामुखद्वारा सरकारको ध्यानाकर्षण « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


कृषकहरुलाई मल उपलब्ध गराउन सभामुखद्वारा सरकारको ध्यानाकर्षण


117
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाँले कृषकहरुलाई यथाशिघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गर्नुभयो । उहाँले भन्नुभयो, ‘माननिय सदस्यहरु खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशिघ्र कृषकहरुलाई मल उपलब्ध हुनसक्नेगरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले खेतिको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकार सँग माग गरेका थिए ।