कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट भोलि साँझ ५ बजे प्रदेशसभामा पेश गर्ने भएको छ।
प्रदेशसभाको कार्यव्यवस्था तथा परामर्श समितिको मङ्गलवार बसेको बैठकले बजेट प्रस्तुत गर्न प्रदेशसभाको बैठक भोलि साँझ ५ बजे बोलाउने निर्णय गरेको हो।
बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गर्न सरकारले पत्र पठाइसकेको प्रदेशसभाका सभामुख भीम भण्डारीले बताउनु भयो । उहाँले सरकारले बजेट प्रस्तुत गर्ने समय माग गरेअनुसार कार्यव्यवस्था तथा परामर्श समितिले भोलि ५ बजे प्रदेशसभा बैठक बोलाउने निर्णय सभामुख भण्डारीले बताउनु भयो ।
असार १ गते प्रदेशसभामा प्रस्तुत गरिएको बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश सरकार साउन १ गतेदेखि बजेट शून्यताको अवस्थामा छ। बजेट शून्यताको असर अस्पताल, आयोजना कार्यान्वयन, कार्यालय सञ्चालन तथा प्रदेशका कर्मचारी र पदाधिकारीको तलबभत्ता वितरणमा प्रभाव परेको छ।
कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सरकारका प्रवक्तासमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल र आन्तरिक मामिला तथा कानुनमन्त्री खुशीराम चौधरी पनि सहभागी हुनु हुन्थो ।









प्रतिक्रिया दिनुहोस्