स्वास्थ्य बिमा कार्यक्रमलाई निजी कम्पनीमार्फत परिचालन गर्ने व्यवस्था तत्काल हटाउनुपर्छ : सांसद बस्नेत « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


स्वास्थ्य बिमा कार्यक्रमलाई निजी कम्पनीमार्फत परिचालन गर्ने व्यवस्था तत्काल हटाउनुपर्छ : सांसद बस्नेत


52
Shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई बिमा कम्पनीमार्फत परिचालन गर्ने व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ ।

सांसद बस्नेतले स्वास्थ्य बिमा ऐनको भावना विपरित सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बिमा कार्यक्रमलाई निजी कम्पनीमार्फत गर्ने परिचालन गर्ने उल्लेख गरिएको भन्दै त्यसलाई तत्काल सच्याउन सरकारसँग माग गर्नुभएको हो ।

आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले स्वास्थ्य बिमा कार्यक्रमलाई आभारभूत स्वास्थ्य सेवासँग जोडेर नहेर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

सांसद बस्नेतले आधारभूत स्वास्थ्य सेवालाई संविधानमै मौलिक हकको रुपमा व्यवस्था गरेको भएपनि सोही अनुसार नागरिकले स्वास्थ्य सेवा पाउन नसकेको गुनासो समेत गर्नुभयो ।