काठमाडौं । प्रतिनिधिसभाले बजेट निर्माणको क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानविन गर्न संसदीय छानविन विशेष समिति गठन गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखले राख्नुभएको संसदीय छानविन विशेष समिति गठन गर्ने प्रस्तावमा सांसदहरू सर्वसम्मत सहमत भएका छन् । समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्र भानुभक्त…