१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


राज्य प्रणालीको कमजोरीले राष्ट्रिय गौरवका आयोजना समयमा बन्न सकेनन् : राज्यमन्त्री श्रेष्ठ


52
Shares

काठमाडौं । राज्यमन्त्री उमेश श्रेष्ठले राज्य सञ्चालन प्रणालीको कमी, कमजोरीका कारण राष्ट्रिय गौरवका आयोजना समयमै नसकिएको दाबी गर्नुभएको छ ।

बुधबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले राज्यको नीति, नियमको प्रणालीमा भएको कमी कमजोरीले समयमै काम नसकिने गरेको बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले नीति नियमको कमी कमजोरीका साथै ढिलासुस्ती र ठेकेदारको काममा ढिलाइ हुँदा यो अवस्था सिर्जना भएको बताउनुभयो ।

‘हाम्रो मुलुकमा किन काम हँुदैनन्, किन ढिलो हुन्छ ? २ वर्षमा हुनेकाम किन ८ वर्ष लाग्छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘मलाई के लाग्छ भने यो हाम्रो सिस्टमको कमी कमजोरी, ढिलो गर्ने, ठेकेदारले काम कम गर्ने भएर जाँदा धेरै समय लाग्ने गरेको छ ।’

उहाँले प्रधानमन्त्री कार्यालयमा सिसिटिभी जडान गरेर काम प्रगतिको विवरणका बारेमा नियाल्न आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाले राष्ट्रको उन्नत्ति, प्रगतिलाई टेवा पु¥याउने भन्दै समयमै काम सकिनुपर्ने बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले समयमै काम सक्ने कुरामा कर्मचारीहरूको सरुवा पनि बाधक बन्ने गरेको उल्लेख गर्नुभयो । उहाँले यसलाई सहजीकरण गर्न र नेपाललाई समृद्ध बनाउन सरकार र प्रधानमन्त्री कार्यालय लागिपरेको बताउनुभयो ।