काठमाडौं । प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले ठूला दलहरुले संविधानको स्तम्भमाथि प्रहार हुनेगरी चुनावी मुद्दा बनाउन लागेको आरोप लगाउनुभएको छ । उहाँले ठूला दल संघीयताको खारेजी, गणतन्त्र, धर्म निरपेक्षतामाथि प्रहार र दुई दलीय व्यवस्थाको वकालत गरेर निर्वाचनमा जान लागेको आरोप लगाउनुभयो । दलहरु प्रतिगामी नारामा लिप्त भएको बताउँदै यस्तो मुद्दाले लोकतन्त्र जोखिममा पर्ने उहाँले बताउनुभयो…