काठमाडाैं । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लैजानुभएको छ । गुरुङ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा चार हजार ६ सय ३१ मतले…