काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । बाजुरा, स्याङ्जा–२ र दोलखामा अहिले मतगणना जारी रहेको छ । अहिलेसम्म घोषित परिणामअनुसार नेकपा (माओवादी केन्द्र) १७ स्थानमा विजयी हुँदै तेस्रो स्थानमा रहेको छ । यस्तै, दोलखामा जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायम गर्नुभएको छ ।…