बाजुरामा कांग्रेसका बद्रि पाण्डे र एमालेका कर्ण थापाबीच कडा प्रतिस्पर्धा « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


बाजुरामा कांग्रेसका बद्रि पाण्डे र एमालेका कर्ण थापाबीच कडा प्रतिस्पर्धा


1.547k
Shares

महेश कार्की

बाजुरा । बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता कायमै राख्नु भएको छ ।

आज शनिबार बिहान ११:३० बजेसम्म कांग्रेसका उम्मेदवार पाण्डेले १४ हजार १ सय ५ मत प्राप्त गरेर अग्रता कायमै राख्नु भएको हो । उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्ण थापाले १२ हजार १ सय १४ मत प्राप्त गरेर पछ्याईरहनुभएको छ।

कांग्रेसका उम्मेदवार पाण्डे र एमालेका उम्मेदवार थापाबीच १ हजार ९ सय ९१ मतान्तर रहेको छ ।