सरकारले बालबिकासको उचित व्यवस्थापन गर्न सकेन : विद्या भट्टराई « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


सरकारले बालबिकासको उचित व्यवस्थापन गर्न सकेन : विद्या भट्टराई


104
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सरकारले बालबिकासको उचित व्यवस्थापन गर्न नसकेको बताउनुभयो ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले बालबिकासमा कार्यरत सहयोगी कार्यकर्तालाई निर्धारित तलब सरकारले नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो – ‘बालबिकासको उचित व्यवस्थापन सरकारले हालसम्म पनि गर्न सकेको छैन । २०७८÷७९ मा बालविकासमा कार्यरत सहयोगी कार्यकर्ताहरुको मासिक तलव न्यूनतम १५ हजार सरकारले निर्धारण गरेपनि हालसम्म निर्धारण गरे अनुसार उहाँहरुले तलव प्राप्त गर्नुभएको छैन । पाँच बजेसम्म काम गर्नुपर्ने अवस्था छ । बालविकासमा कार्यरत शिक्षक, कर्मचारी र सहयोगी कार्यकर्तामाथि राज्यले विभेद गरेको छ ।’