काठमाडाैं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ । आइतवार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गर्नुभएको हो । संसदीय प्रणालीमा संख्याको खेल हुने भन्दै…